५ कार्तिक २०८३, बिहिबार

नेकपा एकता : विद्यार्थीमा ऐन महर, युवामा दीपशीखा

17.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको भागवण्डा टुंग्याएको छ । विहीबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको प्रमुखको जिम्मेवारी टुंग्याएको हो ।

बैठकले अनेरास्ववियूको अध्यक्षमा पूर्व एमालेबाट ऐन महर, युवाको अध्यक्षमा पूर्व माओवादीबाट रामप्रसाद सापकोटा दीपशीखा, महिलाको अध्यक्षमा पूर्वमाओवादीबाट अमृता थापामगर, पत्रकारको अध्यक्षमा पूर्व माओवादीबाट महेश्वर दाहाल, वुद्धिजीवीको अध्यक्षमा पूर्व एमालेबाट डा‍. दिनेशचन्द्र देवकोटा र मजदुरको अध्यक्षमा पूर्व एमालेबाट विनोद श्रेष्ठ चयन भएका छन् ।

तर,  यसको औपचारिक घोषणा भने गरिएको छैन । स्राेतका अनुसार बैठकले निर्णय गरेका विषय भोलि सार्वजनिक गर्ने तयारी गरिएको छ । एकता प्रकृयाका सबैजसो विषयमा सहमतिका साथ निर्णय भएको एक सचिवालय सदस्यले जानकारी दिए ।