१९ कार्तिक २०८३, बिहिबार

प्रतिबन्धित १६ लाख भारतीय रुपियाँसहित ६ जना पक्राउ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । प्रहरीले भारतमा प्रतिबन्धित करीव १६ लाख भारतीय रुपियाँसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङका नवीन थापा, दोलखाका रामविक्रम खड्का, धादिङका शम्भु परियार, कास्कीका सन्तोष थापा, काभ्रेका धनध्वन तामाङ र राजेन्द्र घिसिङ रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले ठमेलस्थित होटेल मेट्रो इनबाट आइतबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरू बसेको होटेलबाट हजार र पाँच सयदरका १५ लाख नौ हजार पाँच सय भारतीय रुपैयाँ बरामद भएको छ ।

हजार र पाँच सयका नोट भारतमा प्रतिबन्ध छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीका अनुसार उनीहरूले उक्त नोट नेपाली रुपियाँसँग साट्न खोज्दै थिए ।

प्रहरीका अनुसार उनीहरूले एक लाख भारतीय रुपियाँ एक लाख नेपाली रूपियाँमा साट्ने कोसिस गर्दै थिए ।