१९ कार्तिक २०८३, बिहिबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० बैशाख । करिब ९ घण्टाको अवधिमा भएका ५ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान २:४० बजेदेखि ११:५०  बजेसम्मको अवधिमा नवलपरासी(पश्चिम), महोत्तरी, रुपन्देही र रौतहटमा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामध्ये नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-१६ बकेनवास्थित सडकमा लु.१ ख ७७११ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री सरावल गाउँपालिका-५ दुबौलिया बस्ने कम्लेश यादवको ९ वर्षीय छोरी प्रिती यादवको घटनास्थलमै मृत्यु भएको हो।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै, नवलपरासी(पश्चिम),रामग्राम नगरपालिका-१२ शान्तीचौरस्थित सडकमा  ना.३२ प ९०१३नम्बर र ना.२९ प ५६४७ नम्बरका दुई मोटरसाइकल  एकआपसमा ठक्कर खाँदा ना.२९ प ५६४७ नम्बरको मोटरसाइकल चालक हाल नाम,थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

ना.३२ प ९०१३ नम्बरको मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, महोतरीको बर्दिबास नगरपालिका-४ स्थित सडकमा रोकी मर्मत गर्दै गरेकोबा.५ ख ४२२२ नम्बरको टिपरलाई ना.६ ख ३०२० नम्बरको ट्रकले ठक्कर दिँदा टिपर चालक सिन्धुली भिमस्थान बस्ने २४ वर्षीय दिनेश मानन्धर र सहचालक २५ वर्षीय नबिन मोक्तानको घट्नास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्रक चालक ४२ वर्षीय नवराज राउत र ट्रकमा सवार ३५ वर्षीय रमेश मानन्धरलाई उपचारको लागि शुभस्वस्तिक अस्पताल बर्दिबास लगिएकोमा रमेश मानन्धरलाई थप उपचारको लागि काठमाडौंतर्फ लगिएको छ ।

यसैगरी, रुपन्देही मायादेवी गाउँपालिका-४ रम्वापुरस्थित सडकमा लु. १ क ३३७५ नम्बरको टिपरको ठक्करबाट साईकल यात्री कोटईमाई गाउँपालिका-४ बयरघाट बस्ने १७ वर्षीय गोलू कहारको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, रौहतट गरुडानगरपालिका-८ जिगडियास्थित सडकमा जेएच ०६ सि १००१ नम्बरको स्कारपियो गाडीको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ४० वर्षीया सहना खातुनको मृत्यु भएको छ ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको हेल्थल्याण्ड अस्पताल गरुडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै गाडी अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालकसमेत अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।