१९ कार्तिक २०८३, बिहिबार

अवैध लागूऔषध चरेश सहित २ जना पक्राउ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० बैशाख । प्रहरीले अवैध लागूऔषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-३ बस्ने ४३ वर्षीय राजु श्रेष्ठ र मकवानपुर थाहा नगरपालिका-८ बस्ने रेवा पुरीलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई लागूऔषध चरेश करिब ४.५ ग्राम सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानको पार्किङ एरियाबाट र पुरीलाई लागूऔषध चरेश करिब ३ सय ८० ग्राम सहित काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित सडकबाट प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो पक्राउ परेका श्रेष्ठले लागूऔषध आफूलाई पुरीले दिएको बताएपछि खोजी गर्ने क्रममा सोमबार बिहान पुरीलाई समेत प्रहरीले फेला पारी पक्राउ गरेको जनाएको छ ।

यसैबीच,  काठमाडौं महानगरपालिका-२६ भगवानबहालबाट करिब २१ ग्राम तौल भएको संरक्षित वन्यजन्तु कस्तुरीको वीना जस्तो बस्तु १ थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्याङजा भिरकोट गाउँपालिका-३ का ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभा मकालु गाउँपालिका-३ का ३८ वर्षीय ईन्द्र कुमार राई र संखुवासभा मकालु गाउँपालिका-३ का २८ वर्षीय सन्देश अछामे रहेका छन् ।

वन्यजन्तुसँगसम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो ।

उक्त स्थानमा संरक्षित वन्यजन्तुको कस्तुरीको वीना जस्तो वस्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचना प्राप्त हुनासाथ उक्त ब्यूरोबाट प्रहरी टोली खटिएको थियो ।

पक्राउ तीनै जनालाई आवश्यक कारवाहीको लागि शुक्रबार डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको ब्यूरोले जनाएको छ ।