
काठमाडौँ, ३० बैशाख । रमादानको पवित्र महिनाको अवसरमा, कतार एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा काठमाडौँमा अभावमा रहेका परिवारहरुलाई अत्यावश्यक खाद्य सामाग्री प्रदान गरेको छ ।
शनिबार कमलादीस्थित सि.डब्लु पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि सामाग्री वितरण गरिएको हो ।
कार्यक्रम मार्फत प्रत्येक परिवारले २५ किलो चामल, ३ किलो चिनी, ५ किलो पिठो, ३ किलो चना, १ किलो नुन, १ किलो सनफ्लावर सिड्स र ५ लिटर सनफ्लावर तेल प्राप्त गरेका छन् ।

नेपालको लागि कतार एयरवेजका स्थानीय प्रमुख मोहम्मद एल ईमामले काठमाडौँमा अत्यावश्यक सामाग्री उपलब्ध गराई सहयोग गर्ने अवसर पाउँदा अत्यन्तै खुसी भएको बताए ।
‘कतार च्यारिटीसँगको सहकार्यमा आयोजित यस अभियान नेपालका जनताहरुप्रतिको हाम्रो प्रतिबद्धता प्रदर्शन गर्ने एक माध्यम पनि हो’, उनले भने, ‘रमादानको पवित्र उत्सवले अरुलाई दिनुको महत्वको बारेमा हामीलाई स्मरण गराउँछ र हामी काठमाडौँको स्थानीय समुदायलाई सहयोग पुर्याउने मौका प्राप्त गर्दा निकै हर्षित छौँ ।’













प्रतिक्रिया