१९ कार्तिक २०८३, बिहिबार

ओखलढुंगाको विकासमा तेरो र मेरो नगरेर काम गरौँः रामहरि खतिवडा

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, ३० वैशाख । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाको विकासका लागि सबैले हातेमालो गरेर गर्नुपर्ने बताएका छन् ।

ओखलढुंगाको खिजीदिम्बामा आइतबार फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले जिल्लाको विकासमा तेरो र मेरो गर्न नहुने बताए ।

‘ओखलढुंगाको विकासमा पछिल्लो समय धेरै उत्साहजनक काम हुन सकेको छैन’, उनले भने, ‘बोल्नेभन्दा पनि काम गरेर देखाउनुपर्छ ।’

प्रधानमन्त्रीको अभिव्यक्तिबाट जनताहरू दिक्क भएको युवा नेता खतिवडाले बताए ।

प्रदेश ५ का प्रदेश प्रमुख गोविन्दकुमार तुम्बाहाम्फेले ओखलढुंगाको विकासमा मुख्यमन्त्रीसँग कुरा गरेर कार्यक्रमहरू राख्न आग्रह गर्ने आश्वासन दिए ।

नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङगद् कटुवालले जनप्रतिनिधिहरूले ओखलढुंगाको विकासमा धेरै ध्यान नदिएको बताए । ‘पहिलाका जनप्रतिनिधिले जस्तो अहिले काम गर्न सकेका छैनन्’, उनले भने, ‘जिल्लाको विकासमा हामी सबै मिलेर काम गर्नुपर्छ ।’

कार्यक्रममा ओखलढुंगाबाट प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, प्रदेश सांसद, अमिरबाबु गुरुङलगायतका नेताहरूको सहभागिता रहेको थियो ।