१९ कार्तिक २०८३, बिहिबार

पत्रकार भट्टराई र भण्डारी सम्मानित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० बैशाख । २०७५ सालको प्रताप स्मृती पत्रकारिता पुरस्कार पत्रकार चन्द्रमणि भट्टराई र सीतादेवी ढकाल स्मृति पत्रकारिता पुरस्कार पत्रकार बैकुण्ठ भण्डारीलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार मञ्चद्धारा आइतबार काठमाडौँको बत्तिसपुुतलीमा आयोजित कार्यक्रममा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत साइद अल नाक्वीले पुरस्कार प्रदान गरेका हुन् ।

त्यस्तै, कार्यक्रममा इजहार मिकरानी र पूर्ण महर्जनलाई अग्रज पत्रकार सम्मान प्रदान गरिएको छ ।

रु.१५ हजार राशिको प्रताप स्मृति पत्रकारिता पुरस्कार पत्रकार योगेन्द्रप्रताप शाहीले वि.सं. २०६७ मा आफ्ना स्वर्गीय पिताको स्मृतिमा स्थापना गरेका हुन् । त्यस्तै, रु.२० हजार राशीको सीतादेवी स्मृति पत्रकारिता पुरस्कार पत्रकार यज्ञबहादुर ढकालले स्वर्गीय आमाको स्मृतिमा गत बर्षदेखि स्थापना गरेका हुन् ।

कार्यक्रममा राजदूत नाक्वीले लोकतन्त्रमा नागरिकका आवाज आमसञ्चारले बोल्न सक्नुुपर्ने बताए । आमजनताको बोली सञ्चारले बोल्न थालेपछि सुशासन र पारदर्शिता कायम हुने तथा समावेशी विकासमा योगदान पुग्ने धारणा राख्दै राजदूत नाक्वीले यसका लागि प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा ख्याल गर्नुपर्ने पनि बताए ।

नेपाली आमसञ्चार अहिले सरकारले तयार पारेको मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयकको पासोमा छ ।

कार्यक्रममा क्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले प्रस्ताव गर्न खोजिएको व्यवस्थाभन्दा अहिलेको व्यवस्था धेरै लोकतान्त्रिक र समावेशी भएको टिप्पणी गरे । यो बिधेयक स्वीकृत हुने हो भने कसैले पनि खोजमुलक समाचार लेख्न नसक्ने भन्दै प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि अन्तर्राष्ट्रिय मिडियाको ध्यान आकर्षित गराउने प्रयास गर्ने बताए ।

कार्यक्रममा मञ्चका अध्यक्ष युवराज युवराज बिद्रोहीले पत्रकार आफू आफैलाई प्रोत्साहित गरिहेको अबस्थालाई सरकारले अवमूल्यन गर्न नहुने बताए ।

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चले हरेक वर्ष सक्रिय पत्रकारहरुलाई कार्यसम्मानस्वरुप पुरस्कार दिँदै आएको छ । यसले आगामी वर्षहरुमा अझ पत्रकारलाई काममा हौसला दिन पुरस्कारको संख्या बढाउने तयारी समेत गरेकोछ ।
हाल मञ्चको क्यानडा र कोरियामा शाखा समेत रहेको छ ।