
चन्द्रौटा (कपिलवस्तु), २९ बैशाख । स्वास्थ्यकर्मीहरुको छाता संगठन नेपाल स्वास्थ्य प्राविधिक संघ कपिलवस्तुमा नयाँ नेतृत्व चयन भएको छ ।
प्राविधिक संघको शनिबार गोरुसिगेँमा सम्पन्न आठौँ अधिवेशनले नयाँ समिति चयन गरेको हो । अधिवेशनले लेखनाथ पौडेलको नेतृत्वमा सर्बसम्मत नयाँ समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा महिलातर्फ लक्ष्मी चापागाई, खुल्लातर्फ उपाध्यक्षमा नाथुराम थारु, सचिवमा प्रकाश पोख्रेल, सहसचिवमा कौशिल्या घिमिरे र कोषाध्यक्षमा नारायण बन्जाडे सर्बसम्मत निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा प्रमोद पौडेल, तेज वहादुर सोमै सहित ४ जनालाई अधिवेशनले चयन गरेको छ ।
जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्ष विष्णु बहादुर क्षेत्रीले भेलामा सागंठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन जित वहादुर विसीले प्रस्तुत गरे ।
समापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पौडेलले स्वास्थ्यकर्मीहरुको हक अधिकारको लागि सबैसँग हातेमालो गरि अघि बढ्ने प्रतिबद्धता व्यक्रत गरे ।












प्रतिक्रिया