१९ कार्तिक २०८३, बिहिबार

डीआईजी पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २९ बैशाख । नेपाल प्रहरीको डीआईजीमा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनलाई दर्ज्यानी प्रदान गरिएको हो । गत बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उप–नियम (४) को प्रावधान अनुसार एसएसपीबाट डीआईजीमा बढुवाको सिफारिस गरेको थियो ।

पोखरेल यसअघि लागुऔषध नियन्त्रण व्युरोमा कार्यरत थिए । डिआइजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि ६ महिनादेखि पद रिक्त थियो ।

पोखरेल आफ्नो व्याजबाट डिआइजी हुने एकल व्यक्ति हुन् । एकल डिआइजी भएकाले उनलाई भावी महानिरीक्षकका रुपमा हेरिएको छ ।