काठमाडौं, २९ वैशाख । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सानिमा बैंक, सशस्त्र प्रहरी गण नं १, नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, नक्सालद्वारा संयुक्त रुपमा नक्साल, नारायणचौरस्थित नन्दीकेश्वर बगैंचा सरसफाई गरिएको छ ।
करिब १९ रोपनी क्षेत्रफल रहेको यस पार्क नक्साल लगायत वरिपरिका स्थानीय बासिन्दाहरुको बिहानी तथा साझपख ब्यायाम गर्ने, विश्राम गर्ने, बालबालिकाको लागि बिभिन्न मनोरञ्जक खेल खेल्ने, साथीभाई भेटघाट गर्ने स्थानको रुपमा प्रसिद्घ रहेको छ ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले नन्दीकेशरी बगैंचाको पुर्नस्थापनादेखि नै सानिमा बैंकको निरन्तर सहयोग प्राप्त रहेको जनाई, सोको लागि आभार प्रकट गरे ।
सानिमाबैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले नन्दिकेशरी बगैंचाको नजिकै रहि काम गर्न पाएकोमा सानिमा बंैकका कर्मचारी भाग्यमानी रहेको बताए ।
साथै उक्त बगैंचाले नक्सालको शोभा बढाएको कुरा ब्यक्त गरे । यस सरसफाई कार्यक्रममा प्रहरी प्रशासन तथा स्थानीय बासिन्दाको सहभागिता रहेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम आयोजना गर्ने जनाए ।
सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति, स्वस्थ्य शिविर तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
सानिमा बैंकको हाल ७८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७३ वटा ए.टि.एम रहेको छ ।












प्रतिक्रिया