१९ कार्तिक २०८३, बिहिबार

घर भत्किदा १ बालकको मृत्यु, २ जना घाइते 

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २७ बैशाख । राजपुर नगरपालिका-८ बलुवागोठका राम लोचन रामको माटो र ईट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर भत्किदा एकै परिवारका २ जना घाइते हुनुका साथै १ बालकको मृत्यु भएको छ ।

बिहीबार  राति घर भत्कदा ४० बर्षीय राम लोचन राम र उनका श्रीमति ३५ वर्षीया मरछिया देबी घाइते भएका हुन् भने उनका ४ महिनाको छोरा सन्तलाल रामको मृत्यु भएको हो ।

घर भत्कदा पुरिएर घाइते भएका तिनै जनालाई ईलाका प्रहरी कार्यालय राजपुर, रौतहटबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि गौर अस्पतालतर्फ पठाएकोमा बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।