
कावासोती, २६ बैशाख । सात बुँदे कावासोती घोषणापत्र जारी गर्दै प्रथम जलवायु सम्मेलन २०७६ सम्पन्न भएको छ । २ दिन सम्म नवलपुरको कावासोतीमा चलेको सम्मेलनमा बैशाख २५ गते जलवायु परीवर्तन र यस्को बढ्दो अवस्थाको साथै न्युनिकरणका बिषयमा बिशेषज्ञद्धारा कार्य पत्र प्रस्तुति र टिप्पणी गरिएको थियो ।
उद्घाटन शत्रमा जलवायु परिवर्तका बिषयमा जलबायु बिशेषज्ञ डा. मोहन पौडेलले प्रस्तुत गरेको कार्यपत्रको टिप्पणीका आधारमा ७ बुँदे घोषणा पत्र जारी गरिएको बातावरण पत्रकार मंच नवलपुरका अध्यक्ष शालिकराम कोइरालाले बताए ।
सात बुँदे घोषणा पत्रको पुर्ण पाठ यस्तो छ :
१. मानविय कृयाकलापका कारण वातावरणीय क्षति दिनानुदिन बढेका कारण सो को न्यूनिकरणका लागि जलवायु सम्बन्धि सचेतना अभिवृद्धि गर्ने ।
२. स्थानीय तहको नीति तथा कार्यक्रममा जलवायुमैत्री गाउँ, टोल र नगरको अवधारणा अघि बढाउने ।
३. स्थानीय तहले बनाउने शिक्षा नीति र पाठ्यक्रममा जलवायु परिवर्तनका कुराहरू समावेश गर्ने ।
४. जलवायु परिवर्तनले मानव जीवनमा पार्ने नकारात्मक असर ( कृषि,पशुपालन,स्वास्थ्य ) लगायतका सूचना शंकलन र अनुकुलनका लागि संयन्त्र बनाउने ।
५. वन जंगलको संरक्षण गर्न, औधोगिक तथा फोहरजन्य उत्सर्जन न्यूनीकरण गर्न स्थानीय तहले विज्ञको सुझाव सहित अल्पकालीन र दीर्घकालिन योजना बनाउने ।
६. जलवायु परिवर्तन सम्वन्धि अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय सभा (सम्मेलन र प्रोटोकलको आधारमा योजना र विकास कार्यक्रम संचालन गर्ने ।
७. जलवायुसँग प्रत्यक्ष जोडिएका महिला, दलित, आदिवासी, किसान, सिमान्तकृत समुदाय, वन समूह, विपन्न वर्ग र नदी किनार वा जंगलको छेउछाउमा बस्ने समुदायको लागि निरन्तर अभिमुखिकरण र जनतेतना जागृत गर्ने तथा उद्यमशिलशिल कार्यक्रम संचालन गर्ने ।












प्रतिक्रिया