१९ कार्तिक २०८३, बिहिबार

लागूऔषधसहित नागढुङ्गाबाट २ जना पक्राउ

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २५  बैशाख । महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार नेपालगंजबाट काठमाडाैँ आउँदै गरेको ना. ७ ख. ३५४८ नम्बरको यात्रुबाहक सवारी साधनलाई नागढुङगा चेक पोष्टमा चेकजाँच गर्दा काभ्रेका सुमन रेग्मीको साथबाट ६.७२ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

यसैगरी,  बुटवलबाट काठमाडाैँ आउँदै गरेको लु.२ ख. ५७६ नम्बरको सवारी साधनलाई चेकजाँच गर्दा रुपन्देही सैनामैना नगरपालिका-७ का सन्दिप गिरीको साथबाट ०.४८९ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

उनीहरु दुबैजनालाई ब्राउनसुगर सहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।