काठमाडौं, २५ वैशाख । प्रेसिडेण्ट ग्रुप अफ होटेल प्रालिले धुर्मुस सुन्तली फाउण्डेसनलाई ७५ हजार आर्थिक सहयोग गरेको छ ।
प्रेसिडेण्ट सेकुवाको ९औँ शाखा काठमाडौंको महाराजगञ्जमा उदघाटन कार्यक्रममा प्रेसिडेण्ट ग्रुपले ७५ हजार रुपियाँको चेक सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरिएको हो ।
प्रेसिडेण्ट ग्रुपका अध्यक्ष शंकर भण्डारीले धुर्मुसलाई चेक हस्तान्तरण गरेका हुन् ।
धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्दै छ । सोही अभियानलाई साथ दिन ७५ हजार रुपियाँ सहयोग गरिएको अध्यक्ष भण्डारीले बताए ।
सहयोग रकम लिएपछि धुर्मुसले प्रेसिडेण्ट ग्रुप अफ होटेलबाट भएको सहयोगप्रति धन्यावाद दिए ।












प्रतिक्रिया