१९ कार्तिक २०८३, बिहिबार

अवैध रुपमा मरिचको कारोबार गर्ने २ जना पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २४ वैशाख । वीरगंज महानगरपालिका-२५ सिर्सिया पुलबाट अवैध रुपमा मरिचको कारोवार गर्ने २ जनालाई ८ बोरा मरिच सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत रक्सौल बस्ने २८ बर्षीय दिपेन्द्र मण्डल र वीरगंज महानगरपालिका-२२ बस्ने ३६ वर्षीय बिनोद प्रसाद पटेल रहेका छन् ।

जिल्लाका विभिन्न सीमा नाकाहरुबाट पटक/पटक गरी ठूलो परिमाणमा भारततर्फ मरिच निकासी भैरहेको छ भन्ने सूचनाको आधारमा भन्सार चोरी निकासी नियन्त्रणको लागि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सीमा नाकाहरुमा जाँच गर्दा बिआर २२ आर ४६४५, बिआर ०५ एफ ९१७३ र ना.५० प ६७२३ नम्बरको मोटरसाइकलमा मरिच भारततर्फ लैजादै गरेको अवस्थामा फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।