१९ कार्तिक २०८३, बिहिबार

अलपत्र अवस्थामा रहेका १९ जना बालबालिकाको उद्धार

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २४ वैशाख । बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटारबाट अलपत्र अबस्थामा रहेका १९ जना बालबालिकालाई प्रहरीले उद्धार गरेको छ ।

कालिकोट घर भएका जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट एक/डेढ लाखको दरले रकम उठाई सोही ठाउँस्थित घर भाडामा लिई बालबालिकाहरूलाई अलपत्र अवस्थामा छाडेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले १५ बालक र ४ बालिका समेत गरी १९ जनालाई उद्धार गरेको हो ।

सोमबार दिउँसो उद्धार गरिएका बालबालिकाहरुमध्ये ९ जना हिमाली नविन समाज महाराजगंज र १० जना साझा मञ्च बालुवाटारको संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।

जय बहादुर हाल फरार रहेकाले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।