१९ कार्तिक २०८३, बिहिबार

गोठाटारमा युवकको शव

10.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । उपत्यकामा एक युवकको शव फेला परेको छ । सुनसरीको इनरुवा नगरपालिकाका २२ वर्षीय युवक लोकबहादुर महत भक्तपुरको गोठाटारमा मृत फेला परेका हुन् ।

गोठाटारमा एक सातादेखि साथीसँग बसिरहेका महतको शव नजिकैको ग्यारेजको डण्डीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिए पनि थप अनुसन्धानपछि मात्रै सत्य खुल्ने जनाएको छ ।

मृत फेला परेका महतले राति अबेरसम्म फोनमा कुरा गरिरहेको उनका साथी प्रज्वल मेहताले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।