१९ कार्तिक २०८३, बिहिबार

खयरको काठ सहित २ जना पक्राउ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २३ वैशाख । प्रहरीले खयर जस्तो देखिने रातो काठ ५६ केजी सहित दुई जनालाई पक्राउ गरेको छ ।

सूर्यबिनायक नगरपालिका-८ जगाती चोकबाट नुवाकोट पन्चकन्या गाउँपालिका-४ घर भएका ३६ वर्षीय वुद्धि तामाङ र उदयपुर बेलटार घर भएका १९ वर्षीय मोहन नेपालीलाई खयर जस्तो देखिने रातो काठ ५६ केजी सहित आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बा.४ ख २३०० नम्बरको गाडी जाँच गर्ने क्रममा  काठ सहित फेला पारी गाडी चालक वुद्धि र सहचालक मोहनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।