१९ कार्तिक २०८३, बिहिबार

बिहानदेखि रातिसम्म नेताहरूको भेट दलालसँग हुन्छः घनश्याम भुसाल

20.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीका नेताले दैनिक सय दलालसँग भेट गर्ने गरेको बताएका लगाएका छन् ।

आइतबार काल मार्क्सको २०१ औं जन्मस्मृतिको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता भुसालले बिहान उठेदेखि राति नसुतेसम्म नेताले दलाल भेट्ने गरेको बताएका हुन् ।

‘हाम्रा नेताका दिनमा सयजना जति दलालसँग भेट हुन्छ जस्तो लाग्छ । कुन व्यापारी, तस्करको पक्षमा तपाईं हुनुहुन्छ भनेर सैद्धान्तिक बहस पार्टीभित्रै चल्न थालेको छ’, भुसालले भने, ‘कानून ठीक गर्न अदालतमा आफ्नो खल्तीको न्यायाधीश पठाउने, कर हाकिम, अख्तियारमा लोकमान वा अर्को कोही मान्छे चाहिन्छ । यसरी हेर्दा बिहानदेखि रातिसम्म नेताको दलालै दलालसँग भेटहुन्छ ।’

नेता भुसालले यसरी पार्टी, अदालत, अख्तियार, खास बेलामा काँध थाप्ने मिडिया र सुरक्षा निकायसम्मको गठबन्धन हुने आरोप लगाए । ‘यो दलाल पुँजीवादी गठबन्धन हो’, उनले भने, ‘छिसिक्क आँखा झिम्क्याएपछि, होस् गोमाएपछि कसरी समृद्धि हुन्छ ? दन्त्य कथाको किचकन्याले गरेको जस्तो ।’

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले म पनि भ्रष्टाचार गर्दिन र अरुलाई गर्न पनि गर्न दिन्न भनेर बारम्बार भन्ने गरेको अभिव्यक्तिप्रति व्यङ्ग्य गरेका थिए ।

‘बासुकी नागको फोटो टाँसेर म सर्पबाट सुरक्षित भएँ भनेजस्तो हो यो ?’, उनले प्रश्न गरे, ‘म भ्रष्टाचार गर्दिन भन्ने नारा राम्रो हो। तर, तल के भइरहेको छ भन्ने कुरा हेर्नु पर्दैन ?’

नेकपाका नेता भुसालले पहिला राजा र पञ्चले खाएजस्तै अहिले नेकपाले खान लागएको हो भन्दै उल्टै प्रश्न गरेका छन । ‘हिजो राजाले खाए, पञ्चले खायो हामीले नै भन्दै आयौँ’, उनले भने, ‘के अहिले नेकपाले खान लागेको हो ?’