१९ कार्तिक २०८३, बिहिबार

लागूऔषध सहित कलंकीबाट ३ जना पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २२ बैशाख । महानगरीय प्रहरी वृत्त कालिमाटीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार दिउँसो काठमाडाैँ महानगरपालिका-१४ कलंकीबाट सिन्धुली सुनकोशी गाँउपालिका-२ का बैकुण्ठ श्रेष्ठ, बौद्ध आरूवारी बस्ने दोलखा मेलुङ गाउँपालिका-४ की लाल माया तामाङ र कलंकी बस्ने दोलखा चरीकोटकी अस्मिता मगरलाई पक्राउ गरेको हो ।

कलंकी ईनसेक चोक स्थित सडक खण्डमा हिँडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा प्रहरीले उनीहरूको साथबाट लागूऔषध ट्रमा ७० पत्ता (२१ सय ट्याबलेट), ट्रमाडोल १८ पत्ता ( ५ सय ८० ट्याबलेट)  बरामद गरेको छ ।

लागूऔषध सहित उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।