१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारले कार्यकारी राष्ट्रप्रमुख बनायोः कांग्रेस

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसले सरकारले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै आपत्ति जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले मेरो सरकार भन्ने शब्दावली प्रयोग गर्नु सैद्धान्तिक रुपमा गल्ती भएको कांग्रेसको ठहर छ ।

शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजा महाराजाको जस्तो गरी कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको आरोप लगाएको हो । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा संशोधन गरिनुपर्ने बताए ।

कांग्रेसले नीति तथा कार्यक्रमलाई साधन स्रोत बिनाको पुलिन्दा को संज्ञा दिएको छ । स्थानीय सरकारलाई क्रियाशील गराउने भन्दा राजकीय शक्तिलाई केन्द्रीकृत गर्ने ढंगको नीति तथा कार्यक्रम आएको उसको दाबी छ ।

सरकारको नीति तथा कार्यक्रमले नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न नसक्ने निष्कर्ष कांग्रेसले निकालेको छ ।

‘साधन स्रोत बिनाको एउटा पुलिन्दा, जसले सपना बाँड्न सक्छ तर, यथार्थ रुपमा आम नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न सक्दैन’ प्रमुख सचेतक खाँणले भने, ‘नीति र कार्यक्रमको आधारशीला नै कमजोर छ । यसको सोचाई र दृष्टिकोणहरू नै कमजोर छन् । यसको प्रस्तुती करण नै पुराण जस्तो छ ।’