३१ आश्विन २०८३, शनिबार

समर्थकले गाडीमै उक्लिएर मुख्यमन्त्रीलाई दिए दनक

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २२ वैशाख । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई एक युवकले थप्पड हानेका छन् । केजरीवाल नयाँदिल्लीमा लोकसभाका लागि आम आदमी पार्टीका उम्मेदवार ब्रजेश गोयलका लागि प्रचार गरिरहेका बेला उनीमाथि थप्पड हानिएको थियो ।

सुरेश नामका ती युवकले केजरीवालका कामकाजबाट आफू असन्तुष्टि भएको बताउँदै थप्पड प्रहार गरेका बताए। मोतीनगर इलाकामा केजरीवाल खुला गाडीमा सडक प्रदर्शन गरिरहेका थिए।

त्यसै बेला एक्कासि ती युवक गाडीमाथि चढेर केवरीवालमाथि प्रहार गरेका हुन्। ती युवकलाई केजरीवालका समर्थकले रोकेर पिटेका थिए।

सुरेश दिल्लीको कैलाश पार्क क्षेत्रमा बसोवास गर्दै आएका छन्। हाल उनी प्रहरी हिरासतमा छन् र सोधपुछ भइरहेको छ। केजरीवाल र उनको दलले यो सबै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले गराएको आरोप लगाएका छन्।

लोकसभा निर्वाचनमा हार हुने निश्चित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहले उक्त आक्रमण गर्न लगाएको उनको दाबी छ। आफू अक्षम र असफल हुँदै गएपछि केजरीवालले यस्तो आरोप लगाएको भाजपाको भनाइ छ ।