५ कार्तिक २०८३, बिहिबार

राष्ट्रपतिको सम्बोधन ‘मेरो सरकार’ आपत्तिजनक नभए पनि अहंकारको बिम्ब

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-टिप्पणी

काठमाडौं, २१ वैशाख । तत्कालिन राजा ज्ञानेन्द्र शाहका अनेक सम्बोधनको कडा विरोधसहित सडकमा उत्रिएका राजनीतिक दलका नेता कार्यकर्ताले राष्ट्रपति विद्या भण्डारीले सम्बोधनमा बोलेको ‘मेरो सरकार’को प्रतिरक्षा गरिरहेका छन् ।

नेकपा नेता योगेश भट्टराईले शव्दको खेलमा राष्ट्रपतिलाई विवादमा ल्याउने काम भएको टिप्पणी गरे । तर, सोही शव्दका कारण उनी विवादमा आउने विषयको अनुमान भने उनले पनि गरेका थिएनन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताले भने यो सरकार जनताको हो की राष्ट्रपतिको भनेर प्रतिक्रिया दिएका छन् ।

यहि वादविवादमा सत्ता र प्रतिपक्ष तथा आम नागरिकबीच बहस र चर्चा चलिरहेको छ । नेपालको संविधानको संरक्षक रहेकी राष्ट्रपति भण्डारीले संविधानको प्रस्तावना नै नपढेको जस्तो पनि देखिन्छ । नेपालको संविधान २०७२ले स्पष्ट भनेको छ– नेपाली जनताको सरकार !

विवादलाई विषयान्तर गर्नका लागि केही कम्युनिस्ट कार्यकर्ताले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको भिडियो फुटेज जारी गर्दै यस्तो भन्ने चलन रहेको पुष्टि गर्ने कोशिश गरिरहेका छन् ।

राष्ट्रपतिको शाव्दिक प्रयोगमा त्रुटी भएको भन्ने आत्मसमिक्षा गर्न नपर्ने प्रमाणहरू पेस गरिरहेका छन् । केही विश्लेषकको सुझाव छ– भारत सक्रिय राजतन्त्र, एकतन्त्रीय शासन र त्यसको प्रयोगसहितको अभ्यासमा अभ्यस्त थिएन । भोगेको थिएन । त्यो भारतमा स्वभाविक सुनिन सक्छ तर नेपालको परिप्रेक्षमा सुनिरहेको एकात्मक शासनका श्री ५ ले मात्र मेरो सरकार भनी सम्बोधन गरेका थिए । त्यसैको छायाँ गणतन्त्रमा देखेपछि प्रतिक्रिया आउनु स्वभाविक भएको उनीहरूको तर्क छ ।

कमजोरी

नीति तथा कार्यक्रम सुनाउने क्रममा राष्ट्रपति भण्डारीका लागि तयार पारिएको लिखित भाषणमा ‘मेरो सरकार’ उल्लेख गर्ने काम उनको सचिवालयबाट भएको र त्यो कमजोरी हो ।

उक्त कमजोरीका सन्दर्भमा राष्ट्रपति भण्डारी जानकार थिइनन् वा उनले जानाजान उक्त भाषाको प्रयोग गरेकी हुन् भन्ने सन्दर्भमा कुनै जवाफ आइसकेको छैन । तर, सामाजिक सञ्जाल र विभिन्न ठाउँमा उक्त भाषाबारे विरोध र टिप्पणी उठेका कारण शितलनिवासले त्यसबारेको प्रतिक्रिया दिनुपर्ने अनिवार्य देखिएको छ ।

आपत्तिजनक होइन, अहंकारपूर्ण

राष्ट्रपतिलाई नेपाल कम्युनिस्ट पार्टीको बहुमतको अहंकारको छायाँ परेको छ । खासगरी उनको सचिवालयमा सत्तारुढ पार्टीका सक्रिय कार्यकर्ता रहेका कारण पनि सोही अहंकारको सुझबुझमा उनको भाषण तयार गरिएको हुनसक्ने अनुमान सहज छ ।

यसमा राष्ट्रपति भण्डारीको नियत नदेखिए पनि उनको माथाहतमा काम गर्ने राजनीतिक नियुक्तिमा आएका व्यक्तिको इन्ट्रेष्ट देखिन्छ । तर, राष्ट्राध्यक्ष भएका कारणले यो प्रयोगलाई आपत्तिजनक मान्नुपर्ने कारण नभए पनि यसभित्रको भाव भने अहंकारपूर्ण रहेको स्पष्ट देखिन्छ ।