१९ कार्तिक २०८३, बिहिबार

युवती जिस्काएको निहुँमा ललितपुरमा झडप, एक जनाको मृत्यु

8.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २१ वैशाख । युवती जिस्काएको निहुँमा ललितपुर जिल्लाको पुल्चोकमा युवाहरूबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सुमेरु अस्पताल नजिकको गल्तीमा ग्याङ फाइट भएको थियो । १२–१४ जना युवाहरूको समूहमा भएको झडपमा २० वर्षका अन्सल शाक्यको मृत्यु भएको छ ।

झडपमा घाइते भएका उनलाई ६ः४५ बजे सुमेरु सिटी अस्पताल पुर्याइएको थियो । उनलाई ७ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनामा संलग्न कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।