घोराही, २१ वैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिकामा झाडापखालाको प्रकोप देखिएको छ ।
झाडापखालाका कारण शान्तिनगरको भलानेटी पूरै गाउँ प्रभावित भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
शान्तिनगरको भलानेटीमा झाडापखालाको प्रकोप देखिएपछि शान्तिनगरमा उच्च सतर्कता अपनाइएको छ ।
शुक्रबार बिहानबाट देखिएको झाडापखालाको प्रकोप बढ्दै गएको र बेलुकासम्म ५० जनाभन्दा बढी बिरामी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताए ।












प्रतिक्रिया