५ कार्तिक २०८३, बिहिबार

बृद्धबृद्धाका लागि खुशीको खबर : सरकारले बढाउने भयो भत्ता

20.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौँ, २० बैशाख । अघिल्लो वर्ष वृद्धभत्ता नबढाएको भनेर चर्काे आलोचना खेपेको सरकारले यो वर्ष भने भत्ता बढाउने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसको जानकारी दिएकी हुन् ।

यद्यपी भत्ता कति बढ्ने भन्ने कुरा चाहिँ बजेट भाषणका बेला जानकारी दिइनेछ ।

चुनावका बेला वाम गठबन्धनले वृद्धभत्ता पाँच हजार बनाउने घोषणापत्रमा उल्लेख गरेपनि अघिल्लो वर्ष वर्तमान कम्युनिष्ट सरकारले भत्ता बढाएको थिएन ।

यसको जनस्तरबाट चर्काे आलोचना भएको थियो । प्रधानमन्त्री तथा नेकपाका नेताहरु यो वर्ष भत्ता बढाउने बताउँदै आएका थिए ।