१९ कार्तिक २०८३, बिहिबार

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने ट्याक्सी चालक पक्राउ

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २० बैशाख । प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान काठमाडाैँ महानगरपालिका-२६ ठमेल नर्सिङ चोकमा महानगरीय प्रहरी वृत्त  सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ललितपुर लेलेका १९ बर्षीय नारायण तामाङ र सोही स्थान बस्ने १९ बर्षीय सुमन स्याङ्ताङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले चलाएको बा.१ ज २०९६ नम्बरको ट्याक्सीले बिजय लामाको बा. २ ज २४९९ नम्बरको ट्याक्सीलाई ठक्कर दिए पश्चात ट्याक्सीको पछाडीको भागमा क्षती पुगेकोले बा. १ ज २०९६ नम्बरको ट्याक्सीलाई कारबाही गर्न खोज्दा  कारवाहीबाट बच्न  निजहरूले नगद रू ५ सय  रूपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

नगद सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।