
काठमाडौँ । चर्चित तथा लोकप्रिय सर्जक शिव हमालले लालुमैको सर्वाधिक सफलतापछि अर्काे गीत दर्शक, श्रोतामाझ ल्याएका छन् ।
दुई महिना अगाडि बजारमा आएको हमालको लय/शब्दमा रहेको लालुमै बेलको गीत यूट्युवमा अहिलेसम्म एक करोड ३१ लाख भन्दा बढी पटक हेरिसकिएको छ ।
बिहीबार उनै हमालको लय/शब्दमा अर्काे उत्कृष्ट गीत सार्वजनिक भएको छ । विष्णु माझी र विक्रम रानाको आवाज रहेको गीतको संगीत संयोजन आशिष अविरलले गरेका छन् ।
गीतको भिडियोमा दिलिप रायमाझी र कविता नेपालीको मुख्य अभिनय देख्न सकिन्छ । चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाई सुदिप बरालले खिचेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।
यो गीतले पनि दर्शक, स्रोताको अत्यधिक माया पाउने सर्जक हमालको विश्वास छ ।
लालुमैमा विष्णु माझी र सन्दिप न्यौपानेको आवाज थियो । जुन गीत निकै लोकप्रिय भइरहेको छ ।















प्रतिक्रिया