
काठमाडौँ, १९ बैशाख । गरिबी निवारण कोषले आगामी बर्षको कार्यक्रम बनाउन छलफललाई तीव्र बनाएको छ ।
आगामी बर्षको बजेटको आन्तरिक तयारी तीव्र भइरहँदा गरिबी निवारण कोषले गरिबी निवारणका लागि आगामी बर्षको कार्यक्रम निर्माणमा सक्रियता देखाएको हो ।
गरिबी निवारणको लागि खर्च हुने ८० प्रतिशत रकम अनुदान सहायता दिदै आएको विश्व बैंकले अघिल्लो बर्ष हात झिकेपछि यो कोषको भविष्यमा नै प्रश्न उठ्ने गरेको थियो ।
विगतमा सोझै तृणमूल तहमा सामुदायिक संस्था गठन गरेर आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको यो कोषले नयाँ संविधान र राज्यको पुनसंरचनापछि पहिलो पटक आफ्ना कार्यक्रमलाई नयाँ ढाँचामा सञ्चालन गर्न लागेको हो ।
सोही क्रममा जिल्ला समन्वय समिति महासंघ, गाउँपालिका महासंघ र नगरपालिका संघका प्रतिनिधिसँग छलफल कार्यक्रमको आयोजना गरेको छ ।
कोषका उपाध्यक्ष निर्मलकुमार भट्राईको अध्यक्षतामा बसेको बैठकमा जिसस महासंघमा महासचिव कृष्णचन्द्र न्यौपाने र नगरपालिका महासंघका कार्यकारी निर्देशक कलानिघि देवकोटाले सुझाब पेश गरेका थिए ।
यस्तै, कोषका कार्यकारी निर्देशक सहसचिव छवि रिजालले कोषको आगामी कार्यक्रमको प्रस्तावित स्वरुपबारे प्रकाश पारेका थिए ।












प्रतिक्रिया