
काठमाडौं, १९ बैशाख । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका ५ बालापुर बस्ने १८ वर्षीय राम चरण चौधरी र १९ वर्षीय अरुण चौधरी छन् । उनीहरुले साेही ठाउँ बस्ने एक किशाेरीलाई जबरजस्ती करणी गरेको उजुरी परेको छ ।
प्रहरीले उनीहरुलाई थप अनुसन्धान लागि जिल्ला अदालत बर्दियाबाट ५ दिनको समय लिएको छ ।
यसैबीच, रुपन्देहीको देवदह नगरपालिका ५ नयाँबस्ती बस्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही स्थान बस्ने २७ वर्षीय सुनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
परियारलाई पनि प्रहरीले रुपन्देही अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया