१९ कार्तिक २०८३, बिहिबार

काठमाडौंको गौशालामा पिपलको बोटमा झुण्डिएको अवस्थामा शव

11k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । काठमाडौंको गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ ।

बाटोको छेउमा रहेको पिपलको बोटमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको गौशाला प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान सात बजे स्थानीय बासिन्दाले देखेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

खोटाङ घर भइ हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्दै आएका अन्दाजी ३५–४० वर्षका आङ दावा शेर्पाको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पिपलको बोटमा झुण्डिएको अवस्थामा शव भेटिएपछि प्रहरीले हत्या हो वा आत्महत्या अनुसन्धान शुरू गरेको छ ।