
भारत १८ बैशाख । भारतको महाराष्ट्र प्रान्तस्थित गढचिरौलीमा माओवादी आक्रमणबाट १६ जना सुरक्षाकर्मी मारिएका छन्।
महाराष्ट्र प्रहरीको सी- ६० कमाण्डो रहेको गाडीलाई निसाना बनाएर नक्सल माओवादीले आक्रमण गरेको भारतीय सञ्चारमाध्यामहरूले जनाएका छन् । माओवादी गुरिल्लाको रणनीतिसँग भिड्न महाराष्ट्र प्रहरीले स्थानीय जनजातिका मानिसहरूसहितको एक विशेष दल बनाएको थियो।
#UPDATE Maharashtra: 10 security personnel injured in an IED blast by naxals in Gadchiroli. The blast was executed by naxals on a police vehicle which was carrying 16 security personnel. pic.twitter.com/PXBJaqPuF1
— ANI (@ANI) May 1, 2019
गढचिरौलीको कुरखेडा तालुका निरै घटना भएको बिबिसी हिन्दीले जनाएको छ। गढचिरौली जिल्ला नक्सल माओवादीको प्रभावक्षेत्र मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो माओवादी आक्रमणको निन्दा गरेका छन्।
‘महाराष्ट्रको गढचिरौलीमा प्रहरी जवानमाथि भएको घिनलाग्दो आक्रमणको कडा निन्दा गर्दछु । यो आक्रमणका दोषीहरूलाई यत्तिकै छोडिने छैन,’ मोदीले ट्विट गर्दै भनेका छन्, ‘सबै बहादुर जवानलाई मेरो सलाम छ। उनीहरूको बलिदान बिर्सिने छैन। पीडित परिवारलाई समवेदना व्यक्त गर्दछु। ‘-बीबीसी हिन्दी















प्रतिक्रिया