काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘झिग्राना’ले एडल्ट सर्टिफिकेट पाएको छ ।
पासाङ लामा निर्देशित सस्पेन्स थ्रिलर विषयमा निर्मित यो चलचित्रको एक बेडमा खिचिएको यौन दृश्य नेपाली दर्शकले नपचाउने जनाएको छ ।
चलचित्र जाच पास समिति (सेन्सर वोर्ड) दृश्य माथि कैंची चलाउदै यो सर्टिफिकेट दिएको हो ।
सेन्सरले काटेको दृश्य चलचित्रको चर्चाका लागि निर्माण्ँ कम्पनी गोल्डेन याक इन्टरटेनमेन्टले युट्युवमा अपलोड गरेको छ ।
सार्वजनिक दृश्य झन्डै डेढ मिनेट लामो छ । दृश्यले निलो चलचित्रको झल्को दिन्छ ।
कलाकारद्वय निकुन श्रेष्ठ र मेनुका प्रधानले उक्त दृश्य सहज प्राकृतिक तवरले दिएका छन् ।
आगामी फागुन २२ गते रिलिज हुने यो चलचित्रमा शान्ति गिरी, हन्ना गेस्किविस्की, ज्योति कार्की, अरुण रेग्मी, दीवाकर पिया, बिना पाण्डेलगायतकाको अभिनय रहेको छ ।













प्रतिक्रिया