१९ कार्तिक २०८३, बिहिबार

विप्लव समूहका बाजुरा इञ्चार्जसहित १० जना पक्राउ

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  १७ बैशाख । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् ।

विकलाई बुढीगंगा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जनाइएको छ ।

प्रक्राउ पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक, सचिव भरत थापा, महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य पवित्रा विक र जिल्ला कमिटी सदस्य अंगरा भण्डारी रहेका छन् ।

विद्यार्थी कमिटीका गोरख रोकाया, समीक्षा विक, सुशीला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापा पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले प्रक्राउ गरेसँगै उनीहरुबाट विभिन्न विष्फोटक पदार्थसमेत जफत गरेको छ।