५ कार्तिक २०८३, बिहिबार

‘डाँका’सँग सम्पर्कमा देखिएका डिएसपी ढुंगेलमाथि छानबिन सुरु

28.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । डकैत समूहसँग सम्पर्कमा देखिएका प्रहरीका नायव उपरिक्षक (डिएसपी) कुमुद ढुंगेलमाथि प्रधान कार्यालय कारबाही प्रक्रिया सुरु गरेको छ ।

प्रधान कार्यालय छानबिनका लागि उक्त जिम्मेवारी महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखालाई दिएको छ ।

रानीबारीका लालेन्द्र शेरचन्दको घरमा डाका गरेको समूहका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पठाएका थिए । श्रेष्ठले प्रहरी बयानमा जग्गाको विषयमा डीएसपी ढुंगेलसँग भेट गरेको बताएका थिए ।

आइजी  सर्वेन्द्र खनाललाई घटनाबारे विस्तृत छानबिन गर्न गृह मन्त्रालयको निर्देशनपछि ढुंगेलमाथि छानबिन प्रक्रिया थालिएको हो । सचिवालयले छानबिन गर्नका लागि महाशाखालाई निर्देशन दिएको जनाएको छ ।

डीएसपी ढुंगेललाई बयान लिन महाशाखालाई निर्देशन दिएको छ । मुख्यालयको सचिवालयले छुट्टै छानबिन थालेको छ ।