
काठमाडौं, १७ वैशाख । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडाैँको कागेश्वरी मनहरा नगरपालिका-९ बाट तीन जनालाई पक्राउ गरेको छ ।
कुमार बोहराको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ५७ वर्षीय नवराज विष्ट समेत ३ जनालाई ३ बुक तास र नगद १ लाख १० हजार रुपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।












प्रतिक्रिया