५ कार्तिक २०८३, बिहिबार

अन्जु पन्तले विश्वास दिन्छु भनिन् (भिडियोसहित)

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । वरिष्ठ गीतकार श्रीपुरुष ढकालको शब्द, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत तथा गायक रवि थापा मगर र गायिका अन्जु पन्तको स्वरमा आज म तिमीलाई… गीत सार्वजनिक गरिएको छ ।

विशेषगरी माया प्रेमको गहिराइमा पुगेर रचना गरिएको संयोगान्त भावको एक अर्कामा समर्पित गीत हो । प्रेमी र प्रेमिका बिचको गहिरो प्रेम र विश्वास सहितको समर्पणलाई गीतको माध्यमबाट प्रस्तुत गरिएको छ । सम्पूर्ण कुराको संयोजन मिलेको गीतको अडियो अत्यन्तै मीठो सुनिएको छ ।

त्यसैगरी, यसै गीतको भिडियोमा नायिका शिल्पा पोख्रेल र सनम कठायतले अभिनय गरेका छन् । मुकेश हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेकोे गीतको म्युजिक भिडियोलाई हेमप्रभासले निर्देशन गरेका छन् ।