१९ कार्तिक २०८३, बिहिबार

ललितपुरको बागमतीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

ललितपुर, १७ वैशख । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जिप दुर्घटना हुँदा महोत्तरी बर्दिबासका १९ वर्षका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षकी सुनिता लोप्चन र सरिता मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका ९ बजेतिर भएको दुर्घटनामा विशालको घटनास्थलमै र सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पताल ललितपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।