१९ कार्तिक २०८३, बिहिबार

बालिका बलात्कारको अभियोगमा दुई जना पक्राउ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १६ वैशाख । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहीले पक्राउ गरेको  छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका-१० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका-७ का १९ वर्षीय विशाल तामाङ रहेका छन् ।

भक्तपुर नगरपालिका-१ ईपाखे डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-९ बुङदेल घर भएका १३ वर्षीया २ जना बालिकालाई भक्तपुर मुलढोकास्थित फेमिली गेष्ट हाउसमा लगेर शुक्रबार राति उनीहरुले जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि खटिएको प्रहरीले दुबैजनालाई शनिबार साँझ पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।