काठमाडौं । गायिका राधिका हमाल र गायक रोशन कुताल क्षेत्रीको स्वर रहेको ‘मुयालाई’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ ।
गीतमा रमेश बिजीका शब्द रहेका छन् । संगीत रोशन कुताल क्षेत्रीले दिएका छन् । एरेञ्ज भने हेमन्त शिशिरले गरेका हुन् ।
म्युजिक भिडियोमा सतिश अधिकारी, सोनिका बास्तोला, इच्छाराम परियार र अञ्जु बिकले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन शिव बिकले गरेका हुन् ।















प्रतिक्रिया