१९ कार्तिक २०८३, बिहिबार

एक लाख रुपैयाँसहित ११ जुवाडे पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  १५ बैशाख । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ तिवारीटोलस्थित एक घरमा मध्यराति तास खेलिरहेका बेला ११ जना पक्राउ परेका छन् ।

स्थानीय प्रेम तिवारीको एकतले घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक नगरपालिका वडा नम्बर ८ का ५४ वर्षीय रेन्जेन दोङसहित ११ व्यक्तिलाई प्रहरीले तास खेलिरहेको ठाउँबाट राति साढे ११ बजे पक्राउ गरेको हो ।

गोप्य सूचना पाएपछि बौद्धस्थित महानगरीय प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले ३ बुक तास र १ लाख १६ हजार ८१५ रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

घटनाका विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।