५ कार्तिक २०८३, बिहिबार

‘म गीतहरूमा डुबेर’भित्र सविनका शब्द, जय-बेबोको मिलन (भिडियो)

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चारकर्मी सविन प्रियासनको शब्द रहेको ‘म गीतहरूमा डुबेर…’ बोलको गीत रिलिज भएको छ ।

साहित्यकार समेत रहेका प्रियासन यो पहिलो गीत हो । उनले थुप्रै उपन्यासहरू लेखेका छन् ।

गीतमा कृष्ण काफ्लेको स्वरमा रहेको छ । प्रियसनले शनिबार युट्युबबाट आफ्नो गीत रिलिज गरेका छन् ।

गीत रिलिज भएसँगै प्रियसन प्रचार प्रसारमा लागेका छन् । ‘मैले आफै लेखेको यो गीत विशेष महत्व राख्छ’, दैनिक नेपालसँग कुरा गर्दै उनले भने, ‘म अत्यन्तै उत्साहित छु । सबैको माया पाएर नै यो गीत लेखेको हुँ ।’

गीतमा संगीत पुरुषोत्तम न्यौपानेले दिएका छन् । एरेञ्ज गोपाल रसाइलीको रहेको छ ।

सदाबहार सुगम संगीतको शैलीमा रहेको यो गीतले सकारात्मक रेस्पोन्स पाइरहेको शब्द लेखक प्रियसनले बताए ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष समेत रहेका प्रियासनले छिटै नै अन्य गीतहरू बजारमा ल्याउने तयारी गरेका छन् ।

‘म गीतहरूमा डुबेर…’लाई सिन्धुलीमा छायाँकन गरिएको हो । म्यजिक भिडियोमा गायक जय देवकोटा र बेबो आचार्यको अभिनय रहेको छ । म्युजिक भिडियोलाई रोजल थापाले गरेका हुन् ।

म्युजिक भिडियोमा अभिनय गरेका गायक जय देवकोटाले म्युजिक भिडियो राम्रो बनेको बताए । ‘म गायक हुँ । तर यो गीतमा मोडल बनेर काम गरेको छु’, उनले भने, ‘गीत सबै हिसावले राम्रो छ ।’