३१ आश्विन २०८३, शनिबार

जेलमा रहेका ‘महन्थ’का छोरा पनि बलात्कारी !

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । नाबालिका बलात्कारमा सजाय पाएका ‘महन्थ’ आशाराम बापूका छोरामाथि पनि बलात्कारको चार्ज गरिएको छ ।

भारतीय धार्मिक गुरु मानिने आशारामलाई केही बर्ष अघि नाबालिका बलात्कारको दोषी ठहर गरी जेल सजाय सुनाइएको थियो ।

उनका छोरा नारायण साईलाई गुजरातको एक अदालतले दोषी ठहर गरेको हो । समाचार एजेन्सी पीटीआईका अनुसार सूरतको एक अदालतले नारायणलाई दोषी ठहर गर्दै अप्रिल ३० मा सजाय सुनाउने भएको छ ।

नारायण साईलाई सुरतको एक महिलासँग बलात्कारको मामिलामा २०१३ मा गिरफ्तार गरिएको थियो । बलात्कार भोगेकी महिला र उनकी बहिनीले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका थिए । उनलाई हरियाणाको पिपलीमा पक्राउ गरिएको थियो ।