१९ कार्तिक २०८३, बिहिबार

आगामी जनसंघर्षका विषयमा राप्रपाभित्र छलफल

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जनसंघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले सम्पन्न गर्न जनसंघर्षको तयारीलाई तीव्रता दिएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका कमाण्डर बुद्धीमान तामाङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको काठमाडौंमा उपस्थित केन्द्रीय पदाधिकारीहरु तथा प्रदेश प्रमुखहरुको संयुक्त बैठकमा आगामी जनसंघर्ष र संगठन सुदृढीकरण सम्बन्धी घनिभूत छलफल भएको छ ।

बैठकमा सहभागीहरुले जनसंघर्षका आगामी कार्यक्रमहरु भव्य एवं प्रभावकारी बनाउन विभिन्न सुझावहरु प्रस्तुत गरे । हिन्दुराष्ट्र पुनस्र्थापना लगायतका २२ बुँदे माग अघि सारेर गत फागुन ७ गतेदेखि राप्रपा शान्तिपूर्ण आन्दोलनमा उत्रिएको छ ।

पछिल्लो समय सरकारसँग राप्रपाको औपचारिक वार्ता पनि चलिरहेको छ ।