३१ आश्विन २०८३, शनिबार

वनारसबाट उम्मेदवारी दर्ता गराउँदै भारतीय प्रधानमन्त्री माेदी

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १३ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले आज उम्मेदवारी दर्ता गर्दैछन्। लाेकसभा निर्वाचन २०१९ अन्तर्गत माेदीले आज वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गर्ने जनाइएकाे छ।

भारतीय जनता पार्टीका अनुसार साे क्रममा जनता दल युनाइटेडका अध्यक्ष नीतीश कुमार, शिवसेना प्रमुख उद्धव ठाकरे, लोकजनशक्ति पार्टी के अध्यक्ष रामविलास पासवान र वरिष्ठ अकाली नेता प्रकाश सिंह बादलसमेत एनडिएका नेताकार्यकर्ता चुनाव आयाेगकाे कार्यलयमा उपस्थित हुने जनाइएकाे छ।

यो साे क्षेत्रकाे चुनावमा भाजपा, जनता दल युनाइटेड, शिवसेना, लोकजनशक्ति पार्टीबीच गठबन्धन भएकाे छ। माेदी चुनाव प्रचारका क्रममा पनि आफ्नाे निर्वाचन क्षेत्रमा देखिएका थिए। बिहीबार वनारसमा निकालिएकाे विशाल चुनावी र्‍यालीमा उनले सम्बाेधन गरेका थिए।

सम्बाेधनका क्रममा माेदीले आफ्नाे विरुद्धमा चुनाव लड्ने व्यक्ति दुश्मन नभएकाे बताएका थिए। वनारसले चुनेकाे व्यक्तिले राष्ट्रिय राजनीतिमा प्रभाव छाेड्नुपर्ने जिकिर गरे। ‘वनासरका चुनाव यस्ताे हुनुपर्छ कि देशका राजनीतिक पण्डितहरुले त्यसबारे किताव लेख्नका लागि मन बनाेस्’, माेदीकाे भनाइ छ।

र्‍यालीमा माेदीमाथि फूलकाे वर्षा नै गराइएकाे थियाे। साँझ गंगा आरतीमा समेत माेदी सरिक भएका बताइएकाे छ।

यसअघि कांग्रेस महासचिव प्रियंका गान्धी माेदीकाे विरुद्धमा साेही क्षेत्रबाट चुनाव लड्नसक्ने अड्कलबाजी गरिएकाे थियाे। तर, अन्तिम समयमा आएर प्रियंका क्षेत्रबाट चुनाव नलड्ने पक्का भएकाे पनि बताइएकाे छ। ‍-एजेन्सी