१९ कार्तिक २०८३, बिहिबार

सिमकार्डको दुरुपयोग गरि विक्रि गर्ने दुई जना पक्राउ

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ बैशाख । नेपाल टेलिकम र एनसेलको सिमकार्ड दुरुपयोग गरि विक्रि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ग्राहक विवरण नराखेको, दूरसञ्चार प्रदायक कम्पनीहरुले निर्धारण गरेको सर्त तथा मूल्य समेत फरक पारि विक्रि वितरण गरेको अभियोगमा काठमाडौँको बालाजु बसपार्कबाट दिलबहादुर खत्री र राजकुमार दाहाललाई अपराधा महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नेपाल टेलिकमलका १० तथा एनसेलका २६ थान सिमकार्डहरु प्रहरीले बरामद गरेको छ ।

उनीहरुलाई दूरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा पक्राउ गरि आवश्यक कारवाही प्रक्रिया अघि बडाइएको प्रहरीले जनाएको छ ।