३१ आश्विन २०८३, शनिबार

नेपालमा भन्दा पहिला भारतमा शक्तिशाली भूकम्पको धक्का

34.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ११ वैशाख । भारतको उत्तर पूर्वी राज्य अरुणाञ्चल र असममा बुधबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।

अरुणाञ्चल राज्यको राजधानी इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का अरुणाञ्चल, असम तथा सीमावर्ती चीनका क्षेत्र, तिब्बत तथा म्यानमारमा पनि महसुस भएको थियो ।

सुरुमा ६.१ म्याग्निच्युडको भनिएको भूकम्पको ५.८ म्याग्निच्युडको रहेको युएस जिओलोजिकल सर्वे (युएसजिएस)ले जनाएको छ । भूकम्प नेपाली समय अनुसार बुधबार बिहान २ बजे गएको हो । नेपालमा पनि बुधबार बिहान धादिङ सेन्टर रहेको भूकम्प गएको थियो ।