३१ आश्विन २०८३, शनिबार

श्रीलंकामा श्रृङखलावद्ध बम आक्रमण गर्ने पहिचान

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बो, ११ वैशाख । श्रीलंकाको राजधानी कोलम्बोसहितका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा भएको शृङ्खलाबद्ध बम आक्रमणमा इस्लामिक बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस)को संलग्नता रहेको हुन सक्ने बताइएको छ ।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले आइतबारको आक्रमण विदेशी बिद्रोही समूहको सहयोग बिना सम्भव नरहेको र यसका लागि आइएसले सहयोग गरेको हुन सक्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । आइतबार भएको आक्रमणमा ज्यान गुमाउनेको संख्या ३२१ पुगेको छ । घटनामा ५०० जना भन्दा बढि घाइते भएका छन् ।

आइएसले आक्रमणमा आफ्नो संलग्नता रहेको दाबी गरेको छ तर उसले त्यसको प्रमाण भने दिएको छैन । आक्रमणमा स्थानीय समूह नेशनल तौहीद जमातको संलग्नता रहेको आशंका छ तर उसलाई आइएसले सहयोग गरेको हुन सक्ने प्रधानमन्त्रीको भनाई छ ।

आक्रमणपछि श्रीलंकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले देशको सुरक्षा व्यवस्था पूर्ण रुपले पुनर्संरचना गरिने बताएका छन् ।

मंगलबार टेलिभिजन मार्फत सम्बोधन गरेका राष्ट्रपतिले सेना प्रमुख २४ घण्टा भित्र परिवर्तन गर्ने बताएका छन् । आक्रमणमा संलग्न भएको आरोपमा अहिलेसम्म ४० जनाभन्दा बढि पक्राउ परेका छन् ।