५ कार्तिक २०८३, बिहिबार

मोरङमा प्रहरीले गोली चलायो, भागदौडमा एक घाइते

30.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १० वैशाख । ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको स्थानीयको भिडलाई तितरबितर पार्न प्रहरीले मंगलबार मध्यान्ह २ राउण्ड हवाई फायर गरेपछि भएको भागदौडमा एकजना घाईते भएका छन् ।

पथरी नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यलय अघि रिनाको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा भएको भागदौडमा पथरी–१ का जितबहादुर लावती घाईते भएका हुन् । उनले पछाडीबाट प्रहरीले ढुंगाले हानेको बताएका छन् । स्थानीय क्लिनिकमा उपचार गराईरहेका उनको टाउकोमा ३ वटा टाँका लगाईएका्े छ ।

शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय आन्दोलित भएका छन् । बजार सहित पूर्बपश्चिम राजमार्ग बन्द गरेर स्थानीय आन्दोलित बनेपछि प्रहरीले ज्यादती गरेको भन्दै नगरपालिका तोडफोड गरेका छन् ।

स्थानीय रिना बस्नेतको मृत्यु हत्या नै भएको भन्दै व्यापारीले बजार बन्द गरेका छन् । स्थानीय आन्दोलनमा छन् ।