१९ कार्तिक २०८३, बिहिबार

सरकारले जनतालाई गफ र सपनामा मात्र अल्झायो :अर्जुननरसिंह केसी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिलेको सरकारले जनतालाई गफ र सपनामात्र देखाएर अगाडि बढेको आरोप लगाएका छन् ।

१३ महिनाको अवधिमा सरकारले प्रचारबाजी मात्रै गरेको तर समृद्दिको नाममा अलिकति पनि काम नभएको केसीले बताए ।

सरकार एकलौटी ढंगले अगाडि बढेर अधिनायकवादी बनेको उनको आरोप रहेको छ ।

सरकारले पत्रकारहरुमाथि समेत हतकडी लगाउन थालेको र बोल्न,लेख्न पाउने अधिकारबाट पत्रकारहरुलाई बञ्चित गरी सूचना प्रविधिलाई नै सरकारले संकुचन पार्न खोजेको केसीले आरोप लगाए ।